
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ ।
शनिबार बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य रहेको बताए ।
यसका लािग उनले ७ अर्ब ५० करोड विनियोजन गरिएको जनाए ।
सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने पनि पौडेलले बताए ।












प्रतिक्रिया