
काठमाडौँ, १५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ४ हजार ४८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ४८७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ हजार ८० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५०९ जना रहेको छ ।
२४ घण्टामा थप ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १६३ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया