भरतपुर, १४ जेठ । चितवनका युवा व्यवसायी तथा समाजसेवी पुरु खनालले प्रेस संगठन नेपाल चितवन शाखालाई स्वास्थ्य समग्री सहयोग गरेका छन् ।
खनालले शुक्रबार प्रेस संंगठनको कार्यालयमा आएर स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् । खनाल एचएण्डएस ग्रुपका अध्यक्ष हुन् ।
खनालले पाच हजार पिस सर्जिकल माक्स र एक सय थान सेनिटाईजरसहित करीव ६० हजार बराबरको सहयोग हस्तान्तरण गरेको प्रेस संगठनका सचिव राजेन्द्र आचार्यले जानकारी दिए ।
महामारीका बेला समाचार लेखेर जनतालाई सूचना प्रवाह गर्ने पत्रकारहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न पाउँदा आफूलाई खुसी लागेको खनालले बताएका छन् ।
व्यवसायी खनाल उद्योग बाणिज्य संघ रत्ननगरका उपाध्यक्ष, नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश सदस्य, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका महासचिव लागयत विभिन्न संघसंस्थामा सक्रिय छन् ।
कार्यक्रममा संगठनका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, जिल्ला अध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव राजेन्द्र आचार्य र सदस्य उर्गेन तामाङ्गको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया