२ कार्तिक २०८३, सोमबार

थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण, ९६ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ६ हजार ९५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २० हजार ११० पीसीआर र ७९७ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९५१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ हजार ८४१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख २८ हजार ६७० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ जना रहेको छ ।

२४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।