९ कार्तिक २०८३, सोमबार

प्रधानन्यायाधीश राणाले बनाए संवैधानिक इजलास, को–को छन् ?

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले ५ सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् ।

राणाले शुक्रबार आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने गरेर संवैधानिक इजलास गठन गरेका हुन् ।

प्रधानन्यायाधीश राणाले न्यायपरिषदले बनाएको सूचीबाट चार जना न्यायाधीश छानेका हुन् ।

शुक्रबारदेखि प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिटमाथि सुनुवाई हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओली मिलेर प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेसहितका दलहरू र अधिवक्ताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेर रिट दायर गरेका थिए ।