काठमाडौं, १४ जेठ । बागमती प्रदेशसभाको अधिवेशन १६ जेठदेखि शुरु हुने भएको छ ।
बागमती प्रदेशसभाको अधिवेशन १६ जेठदेखि शुरु गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू सहमत भएका हुन् ।
बिहीबार बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकले १६ जेठदेखि प्रदेशसभाको अधिवेशन सुरु गर्ने र बैठकले प्रदेशसभा कसरी चलाउने तथा कोभिड – १९ को महामारीका बीचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।
‘संसद् अधिवेशन चल्दैछ । त्यो अधिवेशन चलाउनको निमित्त कस्तो खालको तयारी गर्ने भनेर सर्वदलीय बैठकको आयोजना गरेको हो’, उनले भने, ‘सर्वदलीय बैठकले हाउस कसरी चलाउने, कोभिड – १९ को प्रकोप धेरै छ ।’
मुख्यमन्त्री पौडेलले भने, ‘कोभिड – १९ को बीचमा हाउस चलाउनुपर्ने बाध्यता हाम्रो छ । त्यसैले यसलाई कसरी सहज गर्ने र साथीहरूका बीचमा केही त्यस्ता छन् भने ती सबै कुरामा छलफल गरियो र सहज ढंगले १६ गतेदेखि हाउस चलाउने कुरामा हाम्रो आम सहमति भयो ।’
बैठकमा प्रदेशसभाको अधिवेशनलाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको सहभागी नेताहरूले बताएका छन् ।















प्रतिक्रिया