
नयाँदिल्ली, १४ जेठ । भारतका २४ राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या केही घट्न थालेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सङ्क्रमितहरुको विवरणमा २४ राज्यमा सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको उल्लेख गरिएको छ ।
पछिल्लो एक हप्तामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
कोरोनामुक्त हुनेको सङ्ख्या पनि झण्डै ९० प्रतिशत पुगेको उनीहरुले बताएका छन् । २४ मध्ये १५ राज्यमा दैनिक एक हजारदेखि पाँच हजारसम्म सङ्क्रमित हुने गरेका छन् ।
देशका १३ राज्यमा एक हजारभन्दा कम सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या घट्दै जानु र सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै जानुले महामारी कम हुँदै गएको सकारात्मक सङ्केत देखिएको अधिकारीहरूको भनाइ छ ।















प्रतिक्रिया