९ कार्तिक २०८३, सोमबार

अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सिलिन्डर हस्तान्तरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बैतडी, १३ जेठ । बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।

कोरोनाका बिरामीको उपचारका लागि सहज होस् भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् ।

अस्पतालका प्रमुख डा.वसन्तराज जोशीका अनुसार अस्पतालमा अहिले १४ थान अक्सिजन कन्सन्ट्रेटर रहेकामा नौवटा कोरोनाका बिरामीको उपचारमा प्रयोग भइरहेका छन् ।

यसैबीच नेपाल इञ्जिनीयर्स एशोसिएशन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिले जिल्ला अस्पताल बैतडीलाई १५ थान अक्सिजन सिलिन्डर भरेर हस्तान्तरण गरेको छ ।

अस्पतालका खाली सिलिन्डर नेपालगञ्जबाट भरेर अस्पताललाई हस्तान्तरण गरिएको हो । एशोसिएसनले भरेर पठाएका सिलिन्डर दशरथचन्द नगरपालिकाका इञ्जिनीयर जयसिंह बोहराले अस्पतालका प्रमुख डा.वसन्तराज जोशीलाई हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा हाल साना–ठूला गरेर ३१ वटा अक्सिजन सिलिन्डर छन् । पछिल्लो समय अस्पतालमा कोरोनाका सङ्क्रमितको सङ्ख्या घट्दै गएकाले तत्कालका लागि अक्सिजनको अभाव नरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल चार जनामात्रै कोरोनाका बिरामी भर्ना छन् । जिल्लामा हालसम्म कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ भने ७०० सक्रिय अवस्थामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । –रासस