
काठमाडौँ, १२ जेठ । चीन सरकारले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको छ ।
वुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन संवादमा चीनले यस्तो घोषणा गरेको चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।
टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गरेका यान्छीले ट्वीटरमार्फत जानकारी दिएकी छन् ।












प्रतिक्रिया