२ कार्तिक २०८३, सोमबार

विश्वभरि कोरोनाबाट मृत्यु हुनेको संख्यमा कमी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १२ जेठ । विश्वभर कोरोना महामारी र मृत्युमा कमी देखिएको छ । ४१ लाख संक्रमित थपिएका छन् । ८४ हजार जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

पछिल्लो हप्ता त्यसअघिको हप्ताको तुलनामा नयाँ संक्रमितको संख्यामा १४ प्रतिशत र मृत्युमा २ प्रतिशतले कमी आएको डब्ल्यूएचओले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको साप्ताहिक रिपोर्टका अनुसार यस हप्ता युरोपेली क्षेत्रमा नयाँ संक्रमित र मृत्युमा सबैभन्दा धेरै कमी देखिएको छभने दक्षिण पूर्वी एशियामा पनि सुधार आएको छ ।

अमेरिकी, भूमध्यसागरीय, अफ्रिकी र पश्चिम प्रशान्त क्षेत्रमा स्थिति गतहप्ताको जस्तै देखिएको छ । पश्चिम प्रशान्त क्षेत्रमा मृत्युको आँकडामा सबैभन्दा धेरै उछाल देखिएको छ जबकी बाँकी क्षेत्रमा सुधार भइरहेको संगठनले जनाएको छ ।

पछिल्लो चार हप्तादेखि विश्वभरको स्थितिमा केही सुधार आएको देखिएको भएपनि संक्रमित र मृतकको संख्या अहिले पनि धेरै छ भने केही देशमा संक्रमण र मृत्युमा वृद्धि भएको देखिएको छ।

अमेरिकी स्वास्थ्य मन्त्रीले विश्व स्वास्थ्य संगठनले गर्ने कोरोनाको स्रोतको जाँचको आगामी चरणमा पारदर्शिता आवश्यक रहेको बताएको छ ।

डब्ल्यूएचओको मन्त्री स्तरीय बैठकमा अमेरिकी मन्त्री जेवियर बेसेराले अन्तर्राष्ट्रिय विशेषज्ञलाई कोरोना भाइरसको स्रोत पत्ता लागउन अनुमति दिनुपर्ने बताए ।

कोभिड–१९ को पहिलो केस २०१९को अन्त्यमा चीनको खुबे प्रान्तको वुहान सहरमा पाइएको थियो । त्यसपछि विश्वभर यसबाट १६ करोड ७० लाख भन्दा धेरै संक्रमित भएका छन् भने ३४ लाख मानिसले ज्यान गुमाएका छन् ।

यसअघि मार्चमा विश्व स्वास्थ्य संगठनले यसको सुरुवाताका विषयमा चिनियाँ वैज्ञानिकसँग मिलेर तयार गरेको एक रिपोर्टमा भाइरस ल्यावबाट फैलने सम्भावना बहुत कम भएको रिपोर्ट सार्वजनिक गरेको थियो । अमेरिकाले भने चिनियाँ ल्याबबाट कोरोना भाइरस फैलिएको दाबी गर्दै आएको छ ।