काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कालाई कारबाही शुरु गरेपछि विवाद बाहिर आएको छ ।
ठाकुरले यादवलाई स्पष्टीकरण सोधेका छन् । यादवले पनि ठाकुरलाई स्पष्टीकरण सोधेका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने कि नगर्ने विषयमा ठाकुर र यादवबीच मतभिन्नता भएर पार्टी विभाजनको संघारमा पुगेको छ ।
यादवले ठाकुरसहित शर्वेन्द्रनाथ शुक्ला, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलाई तीन दिनभित्र जवाफ दिन स्पष्टीकरण सोधका छन् ।
ठाकुरले पनि यादवलाई तीन दिनभित्र विभिन्न प्रश्नहरू सोधेर स्पष्टीकरण मागेका छन् ।
ठाकुर प्रधानमन्त्री ओलीसँग मिलेर सरकार बनाउनतिर जान खोजेका छन् । यादव कांग्रेससँग मिलेर सरकार बनाउन खोजेका छन् ।















प्रतिक्रिया