काठमाडौं, १२ जेठ । लक्ष्मणबाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई ८ थान अक्सिजन कन्सेन्ट्रेक्टर स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाका ग्रामीण भेगमा संचालित स्वास्थ्य सेवालाई यो सामाग्री उपलब्ध गराएको हो ।
कोभिड १९ विरुद्ध लड्न सक्ने वातावरण बनाउन लक्ष्मण बाबु ट्रष्टले यस्तो पहल गरेको हो ।
ट्रष्टले मनकामना हेल्थ पोष्ट १, घैरुङग अस्थायी कोभिड अस्पताल २, बुंगकोट हेल्थ पोष्ट १, माई मनकामना सहकारी अस्पताल १, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटन २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया