२ कार्तिक २०८३, सोमबार

बंगलादेशद्वारा श्रीलंका पराजित, एकदिवसीय श्रृंखला कब्जा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका, १२ जेठ । घरेलु टिम बंगलादेशले श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृंखला जितेको छ ।

ढाकामा भएको दोस्रो खेलमा श्रीलंकालाई डकवर्थ लुइसका आधारमा १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै एक खेल अगावै बंगलादेशले श्रृंखला जितेको हो ।

श्रीलंकाले २ सय ४७ रनको लक्ष्य पछ्याइरहँदा पानी परे पछि खेल प्रभावित भएको थियो । वर्षाले खेल रोकिएपछि डकवर्थ लुइसका आधारमा श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो ।

उसले ४० ओभरमा ९ विकेट गुमाएर मात्र १४१ रन बनाउन सक्यो । पहिलो खेलमा पनि बंगलादेश ३३ रनले विजयी भएको थियो । तेस्रो खेल भने पर्सि हुनेछ ।