१४ कार्तिक २०८३, शनिबार

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ जेठ । नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ ।

पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दौंत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो ।

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि/राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउ दिने संयुक्त जानकारी पत्रमा पनि दुवै राजदूतले हस्ताक्षर गर्नुभएको उक्त नियोगले जनाएको छ ।

त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले पारस्परिक हितका खातिर राष्ट्रिय तथा बहुपक्षीय मञ्च, विशेष गरी राष्ट्र सङ्घमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा विचार आदानप्रदान गरेका थिए । –रासस