२९ आश्विन २०८३, बिहिबार

८ मिनेटमा रोनाल्डोले कृतिमानी पाँच गोल गरे !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FBL-ESP-LIGA-REALMADRID-GRANADAकाठमाडौं, २२ चैत । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा सबैभन्दा छाटो समय ८ मिनेटमा पाँच गोल गर्दै ह्याट्रिक गरेका छन् ।

दोस्रो सिजनको जारी स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा ग्रेनाडाविरुद्धको आजको खेलमा रोनाल्डोले ८ मिनेटभित्र पहिलो पटक सर्वाधिक पाँच गोल गरेर हृयाट्रिक गरेका हुन् ।

रोनाल्डोले पाँच गोल प्रहार गरेपछि रियल मड्रिडले ग्रेनाडामाथि ९–१ गोल अन्तरले जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि ग्यारेथ बेलले २५ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

खेलको ३० औं मिनेटमा रोनाल्डोले रियलका लागि दोस्रो गोल गरे । ३६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका उनले ३८ औं मिनेटमा हृयाट्रिक पुरा गरे । यो ला लिगामा सन् १९९२ पछि रियल मड्रिडका खेलाडीले छिटो गरेको हृयाट्रिक हो ।

यसअघि १९९२ मा हिएरोले ६ मिनेटभित्र हृयाट्रिक पुरा गरेका थिए । साथै रोनाल्डोले ला लिगामा लिओनल मेस्सीको सर्वाधिक २४ हृयाट्रिकसँग बराबरी समेत गरेका छन् ।

FBL-ESP-LIGA-REALMADRID-GRANADAखेलको दोस्रो हाफमा रियल मड्रिडले थप पाँच गोल गर्‍यो । ५२ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे भने त्यसको दुई मिनेटपछि रोनाल्डोल गरे गरे । अर्को दुई मिनेटपछि बेन्जिमाले गोल गरे ।

खेलको ७४ औं मिनेटमा ग्रेनाडाले एक गोल फर्कायो । ८३ औं मिनेटमा मनिज्ले आत्मघाती गोल गरेका थिए । खेलको ८९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै एकै खेलमा पाँच गोल पुर्‍याए भने रियललाई ९–१ को फराकिलो जित दिलाए ।

यो खेलमा जित हात पारेसँगै रियलले २९ खेलबाट ६४ अंक जोडेको छ । १ अंकको दुरीले माथि रहेको बार्सिलानोको २८ खेलबाट ६८ अंक छ ।