१४ कार्तिक २०८३, शनिबार

थप ६ हजार ४०४ जना कोरोना जनाले जिते कोरोना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ जेठ । पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २२ हजार ३०६ पीसीआर र ६३० एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६३६ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ जना रहेको छ ।

२४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ७ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।