
काठमाडौँ, ११ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २२ हजार ३०६ पीसीआर र ६३० एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६३६ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ जना रहेको छ ।
२४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ७ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया