
काठमाडौँ, ११ जेठ । कमेडियन आदर्श मिश्रालाई पतृ शोक परेको छ ।
मिश्राका बुबा विनोद मिश्राको मंगलबार विहान चितवनको भरतपुर अस्पतालमा निधन भएको छ ।
आदर्शका बुबा विनोदको निधनबारे हाँस्य कलाकार मनोज गजुरेलले जानकारी दिएका छन् ।
सोमबार राती मात्र उनलाई उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पतालमा सारिएको थियो ।
विनोद ४ वर्षदेखि मिर्गौलाका बिरामी विनोदको डायलासिस हुँदै आएको थियो ।
बाराको जितपुरमा बस्दै आएका विनोदको हप्तामा दुई पटक मिर्गौलाको डायलसिस नारायणी अस्पताल हुँदै आएको थियो । आदर्श कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट लोकप्रिय बनेका हुन् ।












प्रतिक्रिया