१ कार्तिक २०८३, आइतबार

विश्वकप तथा एएफसी एशियन कपको छनोटका लागि राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । विश्वकप तथा एएफसी एशियन कपको संयुक्त छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज इराकतर्फ जाँदैछ ।

कतार एयरवेजमार्फत् दोहा हुँदै नेपाली टोली मंगलबार राति इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्व कप तथा एएफसी एशियन कपको संयुक्त छनोटका लागि भ्रमणमा निस्किएको नेपाली टोलीले २९ मेमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

त्यस्तै, संयुक्त छनोट अन्तर्गत जुन ३ मा चाइनिज ताइपेइसँग, जोर्डनविरुद्ध जुन ७ मा र अस्ट्रेलियाविरुद्ध जुन ११ मा कुवेतमा खेल्ने छ । मुख्य प्रशिक्षक अब्द्ल्लाह अल्मुताइरीको नेतृत्वमा पहिलो पटक मैदानमा उत्रिन लागेको नेपाली टोलीमा अहिले धेरै युवा खेलाडी समेटिएका छन् ।

२६ सदस्यीय नेपाली टोलीमा किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार, अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकाश खवास, एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुश घलान, अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा र सुमन लामा छन् ।

विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले यसअघिका पाँच खेलमध्ये एकमा जित निकालेको थियो भने ४ खेलमा पराजय भोगेको थियो ।