काठमाडौं, ११ जेठ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरि कार्ड जारी गर्न शुरु गरी सकेको छ ।
वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्टुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको बैकले जनाएको छ ।
अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरू जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जालमार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवर्द्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।















प्रतिक्रिया