
काठमाडौँ, १० जेठ । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो २७ औँ वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ ।
कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइनमार्पmत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।
उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभव बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम वर्षको लागि शत् प्रतिशत छुट प्रदान गरीएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५०% छुट दिनुका साथै कनेक्ट आईपीएसको सुविधा पनि रहेको छ ।
बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्युआर कोड लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।















प्रतिक्रिया