८ कार्तिक २०८३, आइतबार

प्रभु बैंक लिमिटेडको “८.५% प्रभु बैंक डिबेन्चर २०८७” निष्काशन गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । प्रभु बैंक लि. ले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको १० वर्षे “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र मिति २०७८ साल जेठ ११ गतेदेखि निष्काशन गर्ने भएको छ ।

बैंकले प्रति कित्ता १,००० रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रकम रु. ४ अर्ब मध्ये १६ लाख कित्ता डिबेन्चर अर्थात् १ अर्ब ६० करोड ऋणपूँजी रकम (५% अर्थात् ८० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रु. २ अर्ब ४ं० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

सो ऋणपत्र खरिदका लागि छिटोमा जेठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पुर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २६ गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लि. रहेको छ ।