
काठमाडौँ, १० जेठ । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सोमबार बहुमत सांसदहरुसहित सर्वोच्च रिट दायर गरिएको सांसदहरुले दावी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणाविरुद्ध विपक्षी गठबन्धनका १४६ जना सांसदले रिट दायर गरेका हुन् ।
प्रतिनिधि सभा पुनःस्थापना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिसहितका माग राखी रिट दर्ता भएको हो ।
प्रतिनिधि सभामा तत्काल कायम रहेको बहुमतको करिब ५४ प्रतिशत सांसदले रिट दर्ता गरेको काँग्रेस नेताहरुले दावी गरेका छन् ।















प्रतिक्रिया