१४ कार्तिक २०८३, शनिबार

धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, १० जेठ । सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ ।

सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड–महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले रु छ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ ।

सो अस्पतालले काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईका क्षेत्रलाई समेत उपचार सेवा पुर्याउँदै आएकाले आइतबार थप उपकरण पठाइएको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।

उनका अनुसार यसअघि सरकारद्वारा घोषणा गरिएको अनुदान प्रदानका लागि प्रक्रिया भइरहेको छ । अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत सो अस्पताललाई कोभिड–महामारी व्यवस्थापनार्थ रु छ करोड ८० लाख दिने घोषणा गरिएको हो ।

धुलिखेलसँगै मुलुकका अन्य २५ अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माणका लागि करीब रु तीन अर्ब बजेट विनियोजन गरिएको छ । –रासस