२ कार्तिक २०८३, सोमबार

पञ्जाबलाई मोडर्नाद्वारा कोरोनाविरुद्धको खोप दिन अस्वीकार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Moderna vaccine, which was issued FDA emergency use authorization (EUA) for the prevention of coronavirus disease. Florida, USA. (Photo by: Jose More/VWPics/Universal Images Group via Getty Images)

न्युयोर्क, १० जेठ । अमेरिकी औषधि कम्पनी मोडर्नाले भारतको पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप दिन अस्वीकार गरेको छ ।

कम्पनीले सिधै केन्द्र सरकारसँग कारोबार गर्नेभन्दै खोप दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

अधिकारीहरूका अनुसार पञ्जाब सरकारले खोप खरिदका लागि सबै खोप उत्पादकहरूसँग सम्पर्क गरिरहेको छ ।

पञ्जाबले स्पुतनिक भी, फाइजर र जोनसन एण्ड जोनसन जस्ता खोपहरूसहित विश्वव्यापी टेन्डरमार्फत् सम्भव सबै स्रोतबाट खोपहरू किन्ने सम्भावना अध्ययन गरिरहेको खबरमा उल्लेख गरिएको छ ।

खोप अभाव भएपछि पञ्जाबले पहिलो र दोस्रो चरणको खोप अभियान तीन दिनअघि स्थगित गरेको थियो ।