काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी ओलीका परराष्ट्रमामिला सल्लाहकार डा.राजन भट्टराईले निर्वाचनलाई विभिन्न बहाना बनाएर टार्न खोज्नेहरूलाई प्रतिगमनको संज्ञा दिएका छन् ।
डा.भट्टराईले सोमबार ट्वीट गर्दै निर्वाचनमा सहभागी हुन अपील गरेका छन् । उनले अवधि अगाडि नै हुँदा पनि निर्वाचनमा जाने कुरा अग्रगमन रहेको बताए ।
‘लोकतन्त्रको सुन्दर पक्ष मध्येको एक आवधिक निर्वाचन हो’, उनले भने, ‘अवधि पूरा भएर निर्वाचन हुनु अझ राम्रो हो । तर अवधि अगाडि नै हुँदा पनि निर्वाचनमा जाने कुरा नै अग्रमन हो ।’
उनले भने, ‘अनेक वहाना निकालेर निर्वाचन टार्न खोज्नु चाहिँ प्रतिगमन हो र लोकतान्त्रिक मान्यता विपरीत पनि हो ।’











प्रतिक्रिया