काठमाडौं, २२ चैत । राजधानीको सुन्धारामा स्थित सिटिसी मलमा रहेको सिटिसी मोबाइल बजारले आगामी चैत २७ गतेदेखि सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ को आयोजना गरेको छ ।
बजारको ग्राण्ड ओपनिङ्ग तथा नयाँ बर्ष २०७२ को अवसरमा सिटिसीले १ हप्ता लामो मोबाइल एक्स्पो आयोजना गरेको हो । मोबाइल एक्स्पोमा ग्राहकलाई ८ देखि ५५ प्रतिशत सम्म छुट दिइने छ ।
सिटिसी मललाई इलोक्ट्रोनिक्स हबको रुपमा बिकास तथा बिस्तार गर्ने योजना अनुरुप नै सिटिसी मोबाइल बजारले तेस्रो, चौथो र पाँचौ तल्लामा मोबाइल पसल तथा सर्भिस सेन्टर स्थापना गरि यस मललाई मोबाइल तथा इलेक्ट्रोनिक्स हबका रुपमा अघि बढाएको छ ।
‘सुचना प्रविधीको नयाँ आधार, सबैको लागि सिटिसी मोबाइल बजार’ भन्ने मुख्य नाराका साथ सुरु गर्न लागिएको मोबाइल एक्स्पो २७ चैतदेखि बैशाख ५ गतेसम्म चल्ने सिटिसी मोबाइल बजारका महासचिव केशवराज लुँइटेलले जानकारी दिनुभयो ।
‘नझुक्याउने पक्का पर्ने’ ग्राण्ड अफरसहित सुरू हुन लागेको मोबाइल एक्स्पोको मुख्य आयोजक सीटीसी मोबाईल बजार रहेको छ । यस एक्स्पोको मुख्य प्रायोजक सामसुङ मोबाइल रहेको छ, भने पानासोनिक स्मार्टफोनले यस एक्स्पोमा सहकार्य गरेको छ । माइक्रोम्याक्स, कलर्स र जियोनीले यसलाई सह–प्रायोजन गरेका छन् । यसैगरि, एक्स्पोको गोल्ड स्पोन्सरमा हुवावे मोबाइल रहेको छ ।
यसैगरि व्रोन्ज स्पोन्सरमा एलजी, इन्टेक्स मोबाइल, रेज मोबाइल र किन्जीन्डा मोबाइल रहेका छन् । एक्स्पोको को—स्पोन्सरमा स्पाइस, सोनी, वीनकम—फ्लाई, भिडियोकोन मोबाइल रहेका छन् । यसैगरि उपहार पार्टनरमा डाइमण्ड, सेल्कन, कार्बन, आर्क र बर्ड मोबाइल रहेका छन् । टेलिकम पार्टनरमा एनसेल, एसएमएस पार्टनरमा स्पारो र बैकिङ् पार्टनरमा सिभिल बैंक रहेका छन् । यसैगरि इभेन्ट म्यानेजमेन्टमा एडप्ट एडभरटाइजिङ एजेन्सी रहेको छ ।
अहिले सम्मकै सबैभन्दा बढी मोबाइल कम्पनीहरुले प्रायोजनमा साथ दिएका कारण मेलाले ग्राण्ड सफलता प्राप्त गर्ने आयोजकको विश्वास छ । निःशुल्क प्रबेशको ब्यवस्था गरेको यो मोबाइल एक्सपो चैत २७ देखि नयाँ बर्षको पहिलो हप्ताभर चल्ने छ । हरेक घण्टामा ५५ प्रतिशतको क्यासब्याक अफर, प्रत्येक मोबाइल खरिदमा ८ देखि ५५ प्रतिशत छुट, तथा हरेक दिन ५ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिने ब्यबस्था गरिएको छ ।
एसएलसी दिएर बसेका बिद्यार्थीहरुलाई प्रबेश सँगै लक्की ड्र मा समाबेश गराइनुका साथै उनीहरुलाई बिशेष छुटको ब्यबस्था गरिएको छ । एसएलसी दिएर बसेका बिद्यार्थीहरुले प्रबेशसँगै लक्की ड्र मा समाबेश गरिने तथा लक्की ड्र मार्फत प्रत्येक दिन १ वटा मोबाइल बितरण गरिने छ ।
लक्की ड्रमा समाबेश हुन एसएलसी परीक्षाको प्रवेशपत्र अनिबार्य ल्याउनुपर्ने छ । यसैगरि टेलिकम्युनिकेशन सेबा प्रदायक संस्था एनसेलले एक सीम किन्दा अर्को सीम सित्तैमा दिने तथा केहि उपहार किट बितरण गर्ने सिटिसी बजारले जनाएको छ ।
यो मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट, मोबाइल एसेसरिजको बिक्री बितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष लिएको यो सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने आयोजकले बिश्वास लिएको छ ।
मोबाइल क्षेत्रमा ख्याती कमाएका ब्यवसायीहले संचालनमा ल्याएको यो मोबाइल बजारको ग्राण्ड ओपनिङ्गको अवसर पार्दै बजारलाई जनमानसमा चिनाउन यो मेला गर्न लागिएको हो ।
न्युरोड तथा यस आसपासमा खरिद गर्न आउने उपभोक्तालाई पर्याप्त पार्किङको अभाव भएको महसुस गर्दै हामीले नयाँ मोबाइल गन्तव्यका रुपमा सिटिसी मलमा रहेको मोबाइल बजारलाई स्थापित गरेको छ । ‘हामीले बजार सार्ने नभइ हामीले बजार बिस्तार गर्न लागेका हौँ । हामी न्युरोड क्षेत्रबाट बिस्थापित हुन खोजेका हैनौँ तर सहज मोबाइल बजारको परिकल्पना र स्तरउन्नति गर्न खोजेका हौँ ।’ महासचिव लुँइटेलले भन्नुभयो ।
यस मोबाइल बजारमा १ हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म पर्ने नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटहरु बिक्री वितरण हुनेछन् । तेस्रो तल्लामा फुडकोर्ट, गेमिङ जोन, टच एण्ड फिल जोन, लगायत चौथो र पाँचौ तल्लामा गरि सय भन्दा बढी पसल तथा अहिलेसम्मनै सबैभन्दा बढि मोबाइल कम्पनीहरुले मेलालाई साथ दिनुनै यस बजारमा संचालन हुन लागेको मेलाको मुख्य आकर्षण रहेको छ ।
व्यवसायी संगठनको एकै छानामुनी सबैभन्दा बढी सर्भिस सेन्टर रहने यस मोबाइल बजारमा कार्वन र पानासोनिक मोबाइलले आफ्नो सर्भिस सेन्टर खोलिसकेका छन् भने अन्य १० मोबाइल कम्पनीहरुसर्भिस सेन्टर निर्माणको क्रममा रहेको उहाँले जनाकारी दिनुभयो । चैत २७ बाट सुरु हुने भएपछि स्यामसुङ एक्स्पोको तयारी तिव्र थालिएको छ ।















प्रतिक्रिया