
काठमाडौँ, ९ जेठ । संसद विघटनविरुद्ध विपक्षी गठबन्धन आइतबार अदालत गएन ।
सांसदहरुको हस्ताक्षर नजसटेकाले आज सर्वोच्च नजाने निर्णय गरेको नेताहरुले जनाएका छन् ।
सोमबार १० बजे मात्रै अदालत जाने बताइएको छ ।
नेताहरुका अनुसार आज विपक्षी गठबन्धनका काँग्रेस, माओवादीका साथै जसपाको उपेन्द्र यादव र एमालेको माधव कुमार नेपाल समूहका जम्मा १४३ सांसदको हस्ताक्षर जुटिसकेको बताइएको छ ।












प्रतिक्रिया