काठमाडौं, ८ जेठ । कोरोनाभाइरसको संक्रमणका कारण नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य रुपनारायण भुजेलको निधन भएको छ ।
पोखरा निवासी भुजेलको कोरोना संक्रमणबाट शनिबार निधन भएको हो ।
दुई हप्ता अघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका भूजेलको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार सुरू गरिएकोमा अक्सिजनको मात्रा अत्यन्तै न्यून देखिदै गएको भन्दै सिकित्सकको राय अनुसार दुई दिन पहिला मात्रै भेन्टिलेटरमा सारिएको थियो ।
नेपाल मदिरा व्यावसायी संघ पोखराका निवर्तमान अध्यक्ष समेत रहेका भुजेल पोखरा उद्योग बाणिज्य संघका सदस्य समेत थिए ।
नेपालका प्रतिष्ठित उद्योग व्यावसायहरू चौधरी ग्रुप, खेतान समूह, अग्रवाल समूह, फुलबारी रिसोर्ट, सुमी डिस्टिलरी प्रालि लगायत कयौं महत्वपूर्ण उद्योग प्रतिष्ठानमा प्रमुख प्रशासनिक अधिकृत र म्यानेजरको रूपमा काम गरेका स्वर्गीय भुजेल हाल नेपाल मदिरा व्यावसायी महासंघको केन्द्रीय सदस्य समेत थिए ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणबाट पछिल्लो समय नेपाल निकै प्रभावित बनिरहेको छ ।
स्वर्गीय भुजेलका श्रीमती र दुई छोराहरूमध्ये जेठो छोरा भने हाल अस्टेलियामा छन् । उनको निधनबाट स्तब्ध बनेको उद्योग बाणिज्य संघ पोखराले जनाएको छ ।















प्रतिक्रिया