२ कार्तिक २०८३, सोमबार

युरोपियन युनियनले थोरै र मध्यम आय हुने देशहरूलाई दश करोड डोज खोप सहयोग गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ८ जेठ । युरोपियन युनियन (ईयू)ले थोरै तथा मध्यम आय भएका देशहरूमा दश करोड डोज खोप उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरसको महामारीमा परेका देशहरूलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोना भाइरसविरुद्धको खोप दिने ईयूले जनाएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले यस वर्षको अन्त्यसम्ममा खोप उपलब्ध गराइने निर्णय भएको बताए ।

विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताए ।