३ कार्तिक २०८३, मंगलबार

ज्याक्लिनको हलिउड फिल्म रिलिजको तयारीमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका ज्याक्लिन फर्नान्डिज नयाँ हलिउड चलचित्रमा नायिकाका रूपमा प्रस्तुत भएकी छिन् ।

उनी अहिले यो चलचित्रको व्यग्र प्रतीक्षामा छिन् । चलचित्रले आफ्नो करिअर हलिउडतर्फ पनि लैजान सक्ने यी अभिनेत्रीको आशा छ । हलिउडको चलचित्र वुमन्स स्टोरिजमा यी अभिनेत्री प्रस्तुत भएकी हुन् ।

चलचित्रको मुम्बईमा छायांकन गरिएको छ । यो चलचित्रको गत अक्टोबरमै मुम्बईमा छायांकन गरिएको हो ।

अभिनेत्री ज्याक्लिनले हलिउडका लागि यो आफ्नो पहिलो डेब्यु भूमि भएको बताएकी छन् । सोही कारण उनी यो चलचित्रप्रति निकै उत्साहित छिन् । महिला केन्द्रित चलचित्र भएकाले यसमा नारीहरू नै केन्द्रीय भूमिकामा रहेको उनको कथन छ ।

चलचित्रमा आफू प्रहरी अफिसरको भूमिकाका रूपमा रहेको पनि ज्याक्लिनले बताएकी छन् । तर, आफ्नो चरित्रबारे उनले खुलाएकी छैनन् ।

महिला प्रहरी अधिकारीको भूमिका के हुन्छ, त्योबारे आफूले बताउनु नपर्ने उनको कथन छ । चलचित्रलाई मुम्बईको एक पुलिस स्टेसनमा पनि केही दिन छायांकन गरिएको थियो ।