२ कार्तिक २०८३, सोमबार

युभेन्टसद्वारा कोपा इटालिया फुटबलको उपाधिमाथि कब्जा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मिलान, ८ जेठ । युभेन्टसले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । फाइनलमा एटलान्टालाई २–१ गोलले पराजित गर्दै युभेन्टसले उपाधि जितेको हो ।

बुधबार राति भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलको ३१औं मिनेटमा डेजान कुलुसेभ्सकीको गोलमा युभेन्टसले सुरुआती अग्रता लिएको थियो ।

एटलान्टाका डिफेन्डरले क्लियर गर्न नसकेको अवस्थामा कुलुसेभ्सकीले दर्शनीय गोल गरेका थिए। पहिलो हाफको ४१औं मिनेट एटलान्टाले बराबरी गोल फर्कायो ।

हान्स हाटेबोरको पासलाई सदुपयोग गर्दै रुस्लान मालिनोभ्स्कीले लामो दूरीबाट गरेको प्रहार बलले सीधै जाली चुमेको थियो। त्यसपछि युभेन्टसले काउन्टर अट्याकमा केही राम्रो अवसर बनाए पनि गोलरक्षक पारलिइगी गोलिनी बाधक बनेका थिए ।

खेलको ७३औं मिनेटमा फेड्रिको चिएसाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। खेलको ८८औं मिनेटमा रेफ्रीमाथि अभद्र व्यवहार गरेपछि राफेल टोलोइले रातो कार्ड पाउँदै बाहिरिएपछि एटलान्टाले युभेन्ट्सलाई दबाबमा राख्न सकेन ।

युभेन्टसले सन् २०१८ पछि पहिलो पटक उपाधि जितेको हो। गत सिजन युभेन्टस फाइनलमा नापोलीसँग पराजित भएको थियो। युभेन्ट्स सबैभन्दा धेरै पटक कोपा इटालिया फुटबलको उपाधि जित्ने टोली हो ।

युभेन्ट्सले अहिलेसम्म १४औं पटक उपाधि जितिसकेको छ। युभेन्ट्सले २०औं फाइनलमा पुग्दा १४औं उपाधि जित्न सफल भएको हो। युभेन्टसपछि रोमाले नौ पटक उपाधि जितेको छ ।