१४ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा २ हजार ४४८ जनामा कोराना पुष्टि

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा १ हजार ७५३, ललितपुरमा ४ सय र भक्तपुरमा २९५ जनामा संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर र ८७३ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६०७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ७ हजार ८९० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ जना रहेको छ ।

२४ घण्टामा थप १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार २४ जना पुगेको मन्त्रालयले जनाएको छ ।