
काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा १५३ जना सांसदहरुको समर्थन रहेको भन्दै नयाँ सरकारमा दावी पेश गरेका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेको बहुमतको सरकारका लागि नेकपा एमालेको १२१ र जसपाको ३२ गरेर १५३ सांसदको आफूलाई समर्थन रहेको ओलीको दावी छ ।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
उता नेपाली काँग्रेसका सभापतिले १४९ सांसदको हस्ताक्षरसहित नयाँ सरकारका लागि दावी गरेका छन् ।












प्रतिक्रिया