
काठमाडौँ, ७ जेठ । नेपाली काँग्रेसका नेताहरु, माओवादी तथा जसपाका नेताहरु समेत नयाँ सरकारको दावी गर्न शीतल निवास पुगेका छन् ।
संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर पुगेपछि उनीहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।
प्रस्तावित प्रधानमन्त्रीसहित बहुमत सांसदहरुको हस्ताक्षर लिएर नयाँ सरकार गठनका लागि उनीहरु शीतल निवासमा पुगेका छन् ।
हस्ताक्षरमा नेकपा एमालेका माधवकुमार पक्षको हस्ताक्षर समेत रहेको बताइएको छ ।












प्रतिक्रिया