
काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने संकेत गरेको छ ।
जसपाले आफ्ना सांसदहरुलाई काठमाडौँ नछोड्न पनि आग्रह गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।
बैठकमा नेता महतोले प्रधानमन्त्री ओलीले आफूहरुको माग पुरा गरिरहेको बताउँदै ओलीलाई समर्थन गर्नुपर्ने धारणा राखेका थिए ।
जसले मधेशको माग पूरा गर्छ उसलाई आफ्नो पार्टीको समर्थन रहनुपर्ने नेता महतोको भनाइ थियो ।
महतोले भने, ‘सरकारलाई समर्थन गर्नुपर्यो भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने हो नभए तटस्थ बस्नुपर्छ । दुवै विकल्पमा जसपा जानसक्छ ।’
जसपाले सरकार गठन तथा समर्थनका लागि अध्यक्ष महन्थ ठाकुरलाई जिम्मा दिएको छ ।












प्रतिक्रिया