२ कार्तिक २०८३, सोमबार

युरोकप फुटबलका लागि पोर्चुगलद्वारा टिमको घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ जेठ । आउँदो महिना हुने युरोकप फुटबलको लागि पोर्चुगलले टिमको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले घोषणा गरेको २६ सदस्यीय टोलीको नेतृत्व क्रिष्टियानो रोनाल्डोले गर्नेछन् ।

रोनाल्डोका मुख्य सहयोगी मानिएका ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा, डिएगो जोता लगायतका खेलाडी टिममा रहेका छन् ।

टिमको गोलकिपरमा तीन जना खेलाडीको नाम रहेको छ । यस्तै सात जना रक्षक रहेका छन् । मिडफिल्डरमा र फरवार्डमा आठ जना रहेका छन् । समूह एफमा रहेको पोर्चुगलले बलियो मानिएका हङ्गेरी, फ्रान्स र जर्मनीको सामना गर्नुपर्नेछ ।

युरोकप जुन ११ तारिखदेखि हुनेछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ वटा सहरमा हुँदैछ ।