२ कार्तिक २०८३, सोमबार

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इजरायल, ७ जेठ । इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । दुई देशबीचको सहमतिअनुसार शुक्रबार बिहानदेखि युद्धविराम सुरु भएको बीबीसीमा उल्लेख छ ।

इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन् । युद्धविरमापछि हुने थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधि पठाउने समाचारमा उल्लेख छ ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय निकासले पनि दुई देशलाई यद्धविराम गर्न आग्रह गरेका थिए । प्यालेस्टाइनले केही दिनदेखि युद्धविरामको पहल गरिरहे पनि इजरायलले मानेको थिएन ।

दुई देशबीच ११ दिनसम्म चलेको युद्धमा प्यालेस्टाइनको गाजा क्षेत्रमा कम्तीमा दुई सय २७ जनाको ज्यान गएको समाचारहरुमा उल्लेख छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुसी व्यक्त गर्दै इजरायलले आफ्नो सुरक्षाका अधिकार प्रयोग गर्नेमा विश्वास रहेको प्रतिक्रिया व्यक्त गरेको समाचारहरुमा उल्लेख छ ।