२९ आश्विन २०८३, बिहिबार

मानव तस्करले पुरुषको समेत अप्राकृतिक यौन शोषण गर्ने गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girls-soldयाङ्गुन, २२ चैत । मानव तस्करीमा संलग्न १८ जना अपराधीहरूलाई म्यानमार सरकारले पक्राउ गर्नुका साथै ८३ जना पीडितको उद्धार गरेको छ ।

आइतबार प्रकाशित एक सरकारी प्रतिवेदनमा गत मार्च महिनाको उक्त तथ्याङ्क सार्वजनिक भएको छ ।

म्यानमार प्रहरीका अनुसार ओसारपसार गर्न लागिएका ती ८३ जनामध्ये धेरैजसो पुरुष रहेका र उनीहरूलाई जबर्जस्ती श्रमिक बनाई छिमेकी मुलुक थाइल्यान्डतर्फ लग्दै गरेको अवस्थामा फेला परेका थिए ।

यस वर्षको सुरुवात पहिलो तीन महिनामा २९ मानव ओसारपसारका घटनामा ४४ जना मानव तस्कर पक्राउ परीसकेका बताइएको छ । तस्करहरूले म्यानमारका महिलाहरूलाई समेत यौनकर्मी बनाई आफ्नो फायदाका लागि थाइल्यान्डतर्फ लग्ने प्रयास गरेको छन् ।

सरकारी तथ्याङ्कअनुसार सन् २००६ देखि १४ सम्म मुलुकभरमा एक हजार १२३ वटा मानव तस्करीका घटना भएको पत्ता लागेको थियो । पक्राउ परेका मानव तस्करले आफूहरुले पुरुषलाई पनि अप्राकृतिक यौन कार्यमा लगाउने गरेको वयान दिएका छन् ।

मानव तस्करी रोक्नका लागि हालै म्यानमारको गृहमन्त्रालयले ‘सेन्ट्रल बडि फर सप्रेसन अफ ट्राफिकिङ्ग इन पर्सन्स् नामक सरकारी निकाय खडा गरेको छ ।

सन् २००५ मा लागू भएको मानव तस्कर सम्बन्धी कानुनलाई अझै कडा पार्न सो कानुन पुनर्लेखन गर्ने जिम्मा यस निकायलाई दिइएको छ । रासस/सिन्ह्वा