३ कार्तिक २०८३, मंगलबार

मिस युनिभर्सको उपाधि मेक्सिकोकी मेजाले जितिन्

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्ययोर्क । मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छिन् । अमेरिका, फ्लोरिडाको हार्ड रक होटल एन्ड क्यासिनोमा भएको मिस युनिभर्स प्रतियोगिताको ताज २६ वर्षीया मिस मेक्सिको एन्ड्रियाले पाएकी हुन् ।

सन् २०२० को मिस युनिभर्स प्रतियोगिता कोरोना भाइरस महामारीका कारण पहिलो पटक रद्द भएको थियो ।

मिस युनिभर्स प्रतियोगिताको कार्यक्रम अमेरिकी कलाकार मारियो लोपेज र टेलिभिजन प्रस्तोता ओलिभिया कुल्पोले सञ्चालन गरेका थिए ।

पूर्व मिस युनिभर्सहरू चेस्ली क्रिस्ट, पौलिना भेगा र डेमी लिइग टेबोहरू प्रतियोगिताका विश्लेषक तथा टिप्पणीकर्ताहरू थिए। आठ जनाको प्यानलले एन्ड्रियालाई मिस युनिभर्स घोषणा गरेका हुन् ।