लण्डन, ६ जेठ । यूएईमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप दिइने भएको छ ।
त्यहाँको हेल्थ एण्ड प्रिभेन्सन मन्त्रालयले फाइजर–बायोएनटेकको कोरोना विरुद्धको खोप १२ देखि १५ वर्षका बालबालिकालाई दिन अनुमति दिएको हो ।
यसअघि यो उमेर समूहका लागि खोप प्रभावकारी हुनेरनहुनेबारे परीक्षण गरिएको थियो । परीक्षणमा शतप्रतिशत नतिजा आएपछि खोप दिन अनुमति दिएको यूएईले जनाएको छ । स्वास्थ्य अधिकारीले १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिन अभिभावकहरुसँग छलफल गरिरहेको छ ।
अहिले अमेरिकाले पनि १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिइरहेको छ । कोरोना भाइरसको नयाँ भेरियन्टले बालबालिका उच्च जोखिममा परेपछि बालबालिकालाई पनि खोप दिन थालिएको हो ।















प्रतिक्रिया