१४ कार्तिक २०८३, शनिबार

सामुदायिक वन महासंघद्वारा १० वटा अक्सिजन कन्सट्रेटर सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, ५ जेठ । सामुदायिक वन उपभोक्ता महासंघ र ग्रिन फाउण्डेसन नेपालले तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ ।

अक्सिजनको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि अटोमेटिक अक्सिजन उत्पादन गर्ने १० वटा कन्सट्रेटर सहयोग गरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिए ।

काठमाडौँबाट दाङको तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारामा रहेको तुलसीपुर मेट्रो अस्पतालमा पुगेर सामुदायिक वन महासंघले अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो ।

वन महासंघका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश खड्काले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीको समयमा अक्सिजनको अभावमा कुनैपनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले कन्सट्रेटर उपलब्ध गराएको बताउँदै उपाध्यक्ष खड्काले जुन उद्देश्यका लागि दिएको सोही प्रयोजनमा उपयोगमा ल्याउन अस्पताललाई आग्रह गरे ।

तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना अस्पतालमा अहिले २१ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।

१० वटा कन्सट्रेटरले केहि हदसम्म अक्सिजनको अभावलाई टार्ने बताउँदै नगर प्रमुख पाण्डेले सामुदायिक वन महासंघ र ग्रिन फाउण्डेसनलाई धन्यवाद दिए । कन्सटे«टरले प्रति मिनेट ४ लिटरसम्म अक्सिजन उत्पादन गर्ने गर्छ ।