३ कार्तिक २०८३, मंगलबार

वरिष्ठ गीतकार चेतन कार्कीको अन्तिम म्यूजिक भिडियो सार्वजानिक

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ गीतकार चेतन कार्कीले लेखेको गीत ‘मर्न दिँदैन माया’को अन्तिम म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

‘मर्न दिँदैन माया’ म्यूजिक भिडियोम गीतकार सोयमको कन्सेप्ट रहेको थियो । समाजको वास्तविक घटनालाई भिडियोमार्फत प्रस्तुत गरेको छ । सुभाष प्रधानले सो गीतको निर्माणमा सहयोग गरेका थिए । गीतमा चर्चित मोडेल मनोज ओलीको जीवन्त अभिनय रहेको छ र उनलाई रश्मी श्रेष्ठको साथ छ ।

डम्बर राइको छायांकन तथा टेकेन्द्र सम्पादन रहेको छ भने भिडियोको निर्देशन चाँदनी शाहीले गरेकी छिन् । सो म्यूजिक भिडियो म्यूजिक नेपालको युट्युबमार्फत हेर्न सकिन्छ ।

वरिष्ठ संगीतकार तथा गायक नारायण ओलीको आवाजमा सजिएको गीत ‘मर्न दिँदैन माया’को म्यूजिक भिडियोबारे गायक तथा संगीतकार नारायण ओलीले आफ्नो सामाजिक सञ्जालमा सम्झिदै लेखेका छन्, ‘आदरणीय चेतन कार्की, तपाईंले गन्ती गरेअनुसार एक वर्षमा हाम्रो ६७ वटा गीत भयो भनेको झल्झली याद आउँछ । त्यसमध्ये १८ वटा जति आउने क्रममा थिए । धेरै मलाई गाउन भन्नुभयो, केही फरक स्वरमा थिए । सबै गीतहरुद्वारा नै संगीतबद्ध भएकाले कुनलालाई तपाइँको अन्तिम गीत भनौं ? भन्ने अलमलमा छु । त्यसै मध्यको छायांकन भएको यो गीतलाई नै अन्तिम मानी यो दुःखद घडीमा सबै गीत संगीत साहित्य अनुरागीहरुको माझ सम्झनास्वरुप राखेको छु । अन्य स्टुडियोमा तयार भएका गीतहरू देहरादुनबाट आएपछि सुन्ने अनि अरु नयाँ गर्दै जाने भन्ने तपाइँको बिचारमा दैबको तगारो लाग्यो । तर, सृजना भनेको स्रोताको लागि नै भएको हुनाले मेरो तर्फबाट तनमनले भ्याएसम्म पुर्याउने कोशिश गर्ने छु । यो जुनीमा अधुरा रहेका कामहरू अर्को जुनी यदि पाइने भए सँगै मिलेर पुरा गरौंला ।’