५ मंसिर २०८३, शनिबार

दाङमा वडाध्यक्ष चौधरीको निधन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ४ जेठ । दाङ जिल्लाको दंगीशरण गाउँपालिका– ३ का वडाध्यक्ष एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर चौधरीको निधन भएको छ ।

चौधरीको सोमबार ६३ वर्षको उमेरमा निधन भएको परिवारजनले जनाएका छन् । कोरोनाभाइरसको संक्रमणबाट वडाध्यक्ष चौधरीको सोमबार निधन भएको हो ।

उनको बाँकेस्थित नेपलगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोलक पर्सन तेज वलीका अनुसार वडाध्यक्ष चौधरीलाई वैशाख २५ गते पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
वैशाख २७ गते वडाध्यक्ष चौधरीलाई उपचारका लागि भर्ना गरिएको थियो ।

वडाध्यक्ष चौधरी नेपाल मटवा महासंघको केन्द्रीय सदस्य थिए । उनको थारु जातिको कला संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका थियो ।

चौधरी ब्याकवार्ड सोसाईटी एजकेसन (बेश)का केन्द्रीय सदस्य समेत हुन् । थारु संस्कृतिका लागि उनको ठूलो योगदान छ ।

नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले वडाध्यक्ष चौधरीको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन् ।