१४ कार्तिक २०८३, शनिबार

जसपा फुटको संघारमा, महन्थ र उपेन्द्रबीचको वार्तामा भएन सहमति

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटको संघारमा पुगेको छ ।

आन्तकिर विवाद समाधानका लागि भएको नेताहरुबीचको वार्तामा कुनै ठोस निष्कर्ष निस्केन बरु वार्ताकै बीचमा पनि जसपाका दुई पक्षीय नेताहरुबीच आरोप–प्रत्यारोप रोकिएको छैन ।

शनिबार उपेन्द्र यादवले आफ्ना पक्षका सांसद तथा कार्यकारिणी सदस्यको बैठक बोलाएका थिए । त्यो बैठकको महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर विरोध गरेका थिए ।

त्यसपछि सहमतिका लागि अन्तिम प्रयास भन्दै अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आइतबार वार्ता भयो ।

यद्यपि उनीहरुबीच पार्टीलाई एक बनाएर लैजानेबारे कुरा भएको नेताहरुले बताएका छन् ।