नयाँदिल्ली, ३ जेठ । भारतले कोरोनाभाइरसविरुद्धको औषधि तयार पारेको दाबी गरेको छ ।
भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गरेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार रक्षामन्त्री राजनाथ सिंहले सोमबार २–डीजी नामक औषधि सार्वजनिक गरेका छन् । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ ।
यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठनद्वारा बनाइएको छ । यो औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ ।
डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो ।
राजनाथ सिंहले ट्वीट गर्दै भनेका छन्, ‘डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेजले औषधि बनाउने कम्पनी डक्टर रेड्डीज़ लेबोरेट्रीजको साथमा मिलेर यो खोप तयार पारेको हो ।’















प्रतिक्रिया