२ कार्तिक २०८३, सोमबार

सेल्टा डी भिगोसँग बार्सिलोना पराजित, उपाधि दौडबाट बाहिरियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ जेठ । बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरिएको छ ।

आइतबार राति सेल्टा डी भिगोसँग २–१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिन बाध्य भएको हो ।

२८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३८ र ८९ औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टा डी भिगोलाई जिताए ।

बार्सिलोनाको जम्मा ७६ अंक छ, अन्तिम खेलमा विजयी भएमा पनि उसको जम्मा ७९ अंक हुनेछ ।

शीर्ष स्थानको एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले आ–आफ्ना खेल जितेसँगै उपाधिको टुंगो अन्तिम खेलबाट मात्रै लाग्ने भएको छ ।

अर्को खेलमा ओउसासुनालाई २–१ ले हरायो । रियल मड्रिडले एट्लेटिको क्बललाई १–० गोलले हरायो । शीर्ष स्थानमा रहेको एट्लेटिका मड्रिडको ८३ अंक छ भने रियलको ८१ अंक छ ।

अन्तिम खेलमा एट्लेटिको पराजित भएमा या बराबरीमा रोकिएमा र रियल मड्रिड विजयी भएमा उपाधि रियलले लैजानेछ । रियलले बराबरी खेलेमा या पराजित भएमा उपाधि एट्लेटिकोको पक्षमा जानेछ ।