५ मंसिर २०८३, शनिबार

कोरोना संक्रमणबाट महोत्तरीम तीन जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । कोरोना भाइरसको संक्रमणबाट महोत्तरीको विभिन्न स्थानमा आइतबार बिहान तीन जनाको मृत्यु भएको छ ।

महोत्तरीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगको छ । कोरोनाका कारण भयावह अवस्था सिर्जना भएको स्वास्थ्य कार्यालय जलेश्वरका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताइन् ।

उनका अनुसार आज गौशाला नगरपालिका– ४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७ का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका– ५ का ५५ वर्षीय पुरुष गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना पोजिटिभ देखिएका उनीहरूको विभिन्न आइसोलेसनमा उपचार भइरहेको थियो । मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।