९ कार्तिक २०८३, सोमबार

सांसद चौधरीले लमही र सिसहनिया अस्पतालमा पठाइन स्वास्थ्य सामग्री

61.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । प्रतितिधि सभाकी सांसद गंगा चौधरीले देउखुरीस्थित दुई वटा अस्पतालका लागि स्वास्थ्य सामग्रीहरू पठाएकी छिन् ।

सांसद चौधरीले शनिबार पाँच थान सिलिण्डरसहितका स्वास्थ्य सामग्रीहरू पठाकी हुन् । स्वास्थ्य विभागले दुई सय थान गाउन, सर्जिकल मास्क २ हजार, पञ्जा १ सय, सेनिटाइजर २० लिटर, गम्बुट १२, फेससिल्ड १ सय पिस दिएको चौधरीले बताएकी छिन् ।

ती स्वास्थ्य सामग्रीहरू लमही र सिसहनियाँ अस्पताललाई प्रदान गरिनेछ ।

सांसद चौधरीले सरकारसँग माग गरेर स्वास्थ्य सामग्री पठाएको बताएकी छिन् ।