काठमाडौं, २ जेठ । काठमाडौं रेजर्सले नेपाल सुपर लिग पहिलो संस्करण जितेको छ ।
शनिबार दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १–० गोलले पराजित गरेको हो ।
काठमाडौं रेजर्सले पहिलो हाफमा नै अग्रता लिएको थियो । विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१ औं मिनेटमा गोल गरेका थिए ।
जारी लिगमा उनको यो आठौं गोल थियो । च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख पक्का गर्दा धनगढीले १५ लाख रुपैयाँ पाउनेछ ।















प्रतिक्रिया